
लमजुङ,२५ कार्तिक । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको कव्होलासोथार गाउँपालिका-९ छापाका ५० वर्षीय मंगल परियार रहेका छन्।
प्रहरी चौकी गिलुङबाट खटिएको टोलीले घर नजिक जंगलको भीरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्था बरामद गरी परियारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

