
बुटवल,२५ कार्तिक । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्वमन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताएका छन्।
उनले सरकारले स्वास्थ्य बिमालाई ब्यापक बनाउनुका साथै नीजि क्षेत्रका अस्पतालहरुलाई पनि समेटे धेरै नागरिकले यसको लाभ लिन सक्ने बताए।
Advertisement

Advertisement
Advertisement

बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै पुर्वमन्त्री पुनले बिमाका नाममा सरकारी अस्पतालहरुबाट सेवा लिन बिरामीलाई निकै कष्ट भएको गुनासो आएकोले सरकारले विमामा नीजि स्वास्थ्य संस्थाहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने बताए।
उनले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिए । उनले बुटवलमा बिरामी आएपछि भारतीय शहर देखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको श्रृजना गर्नु पर्ने बताए।

उक्त अवसरमा अस्पतालको बारेमा जानकारी दिदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतीहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनु पर्ने धारणा राखे। उनले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समय समयमा गर्नु पर्ने बताए।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा.कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतको सहभागिता थियो ।

