
भैरहवा,२८ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर दोस्रो दिन पनि जारी छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधवार बिहान देखि पुनः बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

मंगलबार साँझ बयान स्थगित पश्चात बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधवार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुरएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा दोस्रो दिनको बयान सुरु गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याएर बयान सुरु गरिएको हो । मंगलबार लामिछानेसगँ ५ घण्टा बयान लिइएर बुधवारबिहान सम्मका लागि स्थगित गरिएको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफुमाथी लागेको आरोप अस्विकार गर्दै सबै विषय जिबी राईलाई थाहा भएको र आफुलाई राजीतिक पूर्वाग्राहीले फसाईएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।

