
भैरहवा, २९ कार्तिक। नेकपा एमालेका सचिव छविलाल बिश्वकर्माले सरकारले आर्थिक सुधारको प्रयास गरिरहेको बताएका छन् । रुपन्देहीको देवदह प्रेस क्लबको तेस्रो साधारणसभा वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गरिरहेको दाबी गरेका हुन ।
पूर्वपश्चिम लोकमार्ग निर्माणमा भइरहेको ढिलाइले जनताले सास्ती खेप्नु परेको उल्लेख गर्दै उनले लोकमार्ग निर्माण छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिए ।नेता बिश्वकर्माले सकारात्मक सोँचका साथ प्रयास गरे सफल हुन सकिने धारणा राख्दै देवदह क्षेत्रको सडक, सञ्चार र पर्यटनको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरिरहेको बताए ।
Advertisement

Advertisement
Advertisement

संविधान सभा सदस्य नेत्र पन्थीले अर्कालाई पराजित गरेर विजय बन्न सकिन्छ भन्ने भ्रम त्याग्न आग्रह गरे । वेलुन फुटाउने प्रतियोगिताको उदाहरण दिदै आफ्नो वेलुन जोगाउने भन्दा पनि अर्काको वेलुन फुटाउन उद्दत हुँदा सबै पराजित हुने स्थीती बनेको बताए । सहकार्य र एकाताबाट सकारात्मक रूपान्तरणको दिशामा लाग्न आग्रह गरे ।
देवदह नगरपालिकका प्रवक्ता गणेश डुम्रेले देवदह नगपालिकाले देवदह प्रेस क्लबसंग सहकार्य गर्दै आइरहेको बताए । उनले देवदह प्रेस क्लबले सञ्चालन गरेको मिडिया कपमा देपदह नगरपालिका वडा नम्बर ५ ले पुरस्कारको व्यवस्था गरेको स्मरण गरे ।
देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापाले देवदह प्रचुर संम्भावना भएको नगरपालिका भएको बताए । उनले देवदहको विकट क्षेत्रको विकासका लागि पहल गरिदिन पत्रकारसंग आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्य टंक सुनार, देवदह वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बैज्ञानिक बन व्यवस्थापनका रूपन्देही महासचिव रामचन्द्र पाध्य र ईप्सा रूपन्देही अध्यक्ष राम बहादुर गुरूङ र सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीले भनाई राखेका थिए ।

