
काठमाडौ,२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाए वायुसेवा कम्पनीहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । वायुसेवा कम्पनीहरुले यात्रुहरुसगँ एकैदिन र एकैसमयको उडानमा फरक भाडा लिदै आएका छन् ।
काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मत सम्भारका कारण दैनिक १० घण्टा विमानस्थल भइरहेकोले वायुसेवा कम्पनीहरुले त्यसको फाइदा उठाउँदै मनपरी भाडा बढाएको भन्दै यात्रुहरुको गुनासो छ ।
Advertisement

Advertisement
Advertisement

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई उनले निर्देशन दिए। उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए। तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए।
हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न नेपाल नागरिक उडड्यन प्राधिकरणले निर्देशन दिइसकेको उनको भनाई छ । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको जनाए ।
उनले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको बताए।

