


भैरहवा,२ मंसिर । ट्राभल व्यवसायीहरुको साझा संस्था नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् ।संस्थाको १५ औँ साधारसभा तथा अधिवेसनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार प्रदेशको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पान्डे, द्धितीय उपाध्यक्षमा गोबिन्द सिंह, तृतिय उपाध्यक्षमा अन्जन कुमार श्रेष्ठ, महासचिवमा सिता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल र सहकोषाध्यक्षमा बिराट श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बरुण ज्ञवाली, जिवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरब पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

