
बुटवल, ४ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सञ्चालित सडक विस्तार लगायतका योजनाहरूको अनुगमन गरिएको छ । योजना कार्यान्वयनमा तीव्रता प्रदान गर्ने उद्देश्यले नगरप्रमुख खेलराज पाण्डेले प्रमुख बजार क्षेत्रभित्र भइरहेका सडक, नाला लगायत योजनाहरूको अनुगमन गरेका हुन्।
नगरप्रमुख पाण्डेय, उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृथ मित्रमणी खनाल, भौतिक पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारसहितको टोलीले वडा नम्बर ६ स्थित निर्माणाधिन दुर्गा मन्दिर लाईन सडक र कालिकापथको मंगलबार अनुगमन गरेको हो । उक्त अवसरमा वडाअध्यक्ष लोकनाथ न्यौपानेले सडक तथा नाली निर्माणको प्रगति अवस्थाबारे जानकारी गराएका थिए । त्यस्तै योजनाको प्राविधिक अवस्थाबारे महाशाखा प्रमुख रौनियारले बताएका थिए ।
Advertisement

Advertisement
Advertisement

सो अवसरमा नगरप्रमुख पाण्डेयले निर्माणाधिन सडक तथा नालीहरुको निर्माण कार्य तीव्र पार्न सरोकारवाला कर्मचारी, जनप्रतिनिधि र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । गत आर्थिक र्षको बजेटबाट सुरु भएको बुटवलको दुर्गा मन्दिर लाइन सडक स्तरोन्नति गर्ने कार्य गत भदौ महिनामा गर्नुपर्ने भए पनि चाडपर्वको समयमा सडक भत्काउँदा व्यापार व्यवसायमा असर पर्ने भएकोले दसैं, तिहार र छठ लगायतका पर्वहरू सकिएपछि काम सुरु गरिएको नगरप्रमुख पाण्डेयले बताए ।
अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले २ सय ४० मिटर लम्बाइको उक्त सडकको दायाँबायाँ नाली निर्माण र कालोपत्रे गर्न साब्दिक इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले ९३ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको जानकारी दिए । उक्त कार्य दुई महिनाभित्र सक्ने गरी कामलाई तीव्र पारिएको गौतमले बताए ।

