
बुटवल, ८ मंसिर । बुटवल हस्पिटल प्रा.लि.ले बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यलाई अघि बढाएको छ । शुक्रवार बुटवल हस्पिटल प्रा.लि. र कुमारी बैंक लिमिटेड तथा लक्ष्मी सनराइज बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ ।
अस्पताल र बैंकहरुबीचको सहकार्यले दुबै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए ।
Advertisement

Advertisement
Advertisement

उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हबका रुपमा चिनाउन सकिने भन्दै उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसँग हुने बताए ।
उक्त अवसरमा कुमारी बैंकका प्रदेश प्रमुख चेतकान्त जैशी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अप्रेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सीना, लगायतको सहभागिता थियो ।
त्यसैगरी हस्पिटलले लक्ष्मी सनराइज बैंकसँग पनि बजार प्रवद्र्धन अन्तरगतको सम्झौता गरेको छ । उक्त अवसरमा बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतम लगायतले बैंकको तर्फबाट हस्ताक्षर तथा धारणा राखेका थिए। सम्झौता सँगै दुबै बैंकका कर्मचारी तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटलले उपचार सुविधा प्रदान गर्ने बताइएको छ ।

