


पोखरा,९ मंसिर। सहकारीको रकम अपचलनको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
प्रहरीले गत कात्तिक २५ गते सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्ने अनुमति पाएको थियो। प्राप्त म्याद सकिएपछि पुनः २५ दिनको म्याद थपका लागि प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराएको बताइएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ ।

