
पोखरा, ९ मंसिर । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले १५ दिनको म्याद थप गरेको छ ।
अदालतका न्यायधिश भीमलाल बेल्बासेको इजलासले सभापति लामिछानेलाई १५ दिन हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो ।
Advertisement

Advertisement
Advertisement

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लाछिानेमाथी पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।
कमेन्ट गर्नुस्

