
बुटवल, ११ मंसिर । रुपन्देहीको बुटवलस्थित सिद्धबाबा हस्पिटलको सोमबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अवलोकन गरेका छन् । उनलाई अस्पतालका संस्थापक अध्यक्ष डा. शक्ति बस्नेत, अध्यक्ष डा. दीपेश प्रधान, अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने लगायतले स्वागत गरेका थिए ।
बुटवलको रामनगरमा ०७५ सालमा स्थापना भएको अस्पतालको अवलोकन गर्दै डा.लामाले अस्पतालले जटिल प्रकारको रोगको उपचार गुणस्तर र सुलभ दरमा गरेको भन्द्र प्रशंसा गरे ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले मुटु, मिर्गौलासँगै अन्य जटिल प्रकारका रोगहरूको उपचार लागि सरकारले राहत रकम थप छुटाउनुपर्ने बताए । उनले लागूऔषध प्रयोगकर्ताहरू कारणले अपराध समेत बढेको भन्दै लागूऔषध प्रयोग नगर्ने समाज निर्माण गर्न सबैको दायित्व रहेको बताए । अस्पताललाई व्यापार भन्दा पवित्र कर्मको रुपको हेर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै अस्पतालका संस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले मिर्गौला रोग, मुटु रोग विशेषज्ञ, दम, छाती तथा फोक्सो रोग विशेषज्ञ, स्नायु तथा मस्तिष्क रोग विशेषज्ञ उपचार सेवा दिएको जानकारी दिए । उनले विशिष्ट चिकित्सकहरुले गुणस्तरीय सेवा दिने अस्पताल कहलिएको बताए ।
सिद्धबाबा अस्पतालमा सञ्चालक समितिका अध्यक्ष डा.दीपेश प्रधानले यो क्षेत्रमा निजी अस्पताल तथा क्लिनिकहरुमा भन्दा सुलभ दरमा उच्च प्राविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिएको बताए ।अस्पतालका प्रबन्धक प्रकाश न्यौपानेले अस्पतालमा विभिन्न सेवाको विशेषज्ञ चिकित्सकसहित २४ घण्टा सेवा उपलब्ध रहेको बताए ।

