
भैरहवा, ११ मंसिर । सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।
कमेन्ट गर्नुस्

