


काठमाडौं, १४ मंसिर। प्रहरीले नक्कली यौनजन्य औषधि उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका २ का वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ का ४२ वर्षीय डिल्ली प्रसाद घिमिरे रहेको रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार यार्सागुम्बाको नाममा सताबरी, अश्वगन्धा, सिलाजित जस्ता विभिन्न जडिबुटीहरुको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडिबुटी भनेर विभिन्न नामका बट्टाहरु र क्याप्सुलहरु देखाई फेसबुक, टिकटक जस्ता सामाजिक संजालको माध्यमबाट आकर्षक र अश्लील विज्ञापन गरी कुनै साईड ईफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनी उल्लेख गरी सर्वसाधारणमा भ्रम सिर्जना गरी बिक्री वितरण गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर गट्ठाघरस्थित स्टोर सञ्चालन गरिरहेको स्थानबाट सुजन गौतम र सुजन खड्का तथा ललितपुर लुभुस्थित वायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट उद्योगका सञ्चालक डिल्ली प्रसादलाई पक्राउ गरेको हो।
घटनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

