
भैरहवा, १४ मंसिर । नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथी गोली प्रहार गरेका छन् ।
अछामको भैरवस्थान प्रहरी चौकीका इन्चार्जको रुपमा कार्यरत रहेका असई किसनबहादुर चन्दले बिहीबार राति आफैलाई गोली प्रहार गरी आत्महत्याको प्रयास गरेको अछामका प्रमुख प्रहरी डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनले चन्दले बिहीबार राति करिब साढे ९ बजे प्रहरी चौकीमै आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको पाइएको उनले बताए ।
गोलीले घाइते भएका चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।

