
परासी, १६ मंसिर । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको २१ लाख मूल्य बराबरको मोबाइलका साम्रगी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण नवलपरासीले बर्दघाट नगरपालिका-८ सूर्यपुरा स्थित घरमा लुकाएर राखेको अवस्थामा विभिन्न ब्राण्डका मोबाइलका टेम्पर ग्लास, कभर, एयर फोन र घडी बरामद भएको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

बरामद भएका सामग्रीमा टेम्पर ग्लास १४ हजार ३०० पिस, कभर ४ हजार ६८०, एयर फोन ४९८ र घडी ३७५ पिस रहेको गणका प्रमुख एसपी प्रकाश वाग्लले बताए ।
बरामद सामग्रीको मूल्य २० लाख ८६ हजार रहेको र आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

