Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्छौं: मुख्यमन्त्री आचार्य
    प्रमुख समाचार

    अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्छौं: मुख्यमन्त्री आचार्य

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर १८, मंगलवार ११:५९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

    अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानूनी आधार तयार पार्ने काम भइरहेको बताएका हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्दै प्रदेशमा अपांगता समन्वय समिति गठन, अपांगमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

    नेपालको संविधानले अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ ।

    लुम्बिनी प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्दै एकीकृत सेवा प्रवाहको सहजताको लागि प्रादेशिक तहमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदछु’शुभकामना सन्देशमा भनिएको छ,‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपांगता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागतिालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानूनी आधार समेत निर्माण गरेर अघि बढ्ने कुरा यसै अवसरमा जानकारी गराउन चाहन्छु ।’

    त्यस्तै मुख्यमन्त्री आचार्यले अपांगतामैत्री संरचना निर्माणको काममा प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत जानकारी गराएका छन् । पुराना संरचामा सुधार र नयाँ संरचना पूर्ण अपांगमैत्री बनाउने काम भइरहेको उनको भनाइ छ ।

    अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तिकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष ’समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपांग चेतनारायण आचार्य लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.