


भैरहवा, १८ मंसिर । नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएकोमा मंगलबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा मा कारोबार भएको मंगलबार ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट गर्नुस्

