
काठमाडौं, १८ मंसिर। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनमा जनताले पुरानै दल छनोट गर्न बाध्य भएको बताएका छन् । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि उनले जनताले नयाँ विकल्प नपाएरै पुरना दलमध्येबाट एउटा छान्न बाध्य भएको सामाजीक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
‘दुइ वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ । साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एकअर्काको विकल्प बनेका छन्’ डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
Advertisement

Advertisement
Advertisement

तीन दल नै एकअर्काको विकल्प जस्तो देखिएता पनि जनता असन्तुष्ट रहेको उनको तर्क छ । उनी लेख्छन्- ‘यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटालाई छान्न बाध्य छन् ।’
नयाँ र वैकल्पिक शक्तिहरुले यसबाट पाठ सिकेर, आ-आफ्ना कमजोरीहरू सच्याएर अर्कोपटक जनतालई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनको भनाइ छ । उनी लेख्छन्,-‘अन्यथा जनता अर्कै विकल्प खोज्न बाध्य हुनेछन् ।’

