


काठमाडौ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएलमा) सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कीर्तीपुर मैदानबाट बिहिबार तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एसपीको कमाण्डमा टोली नै खटाएको छ । उनीहरुले स्पोर्ट बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ ।
कमेन्ट गर्नुस्

