
भैरहवा, २१ मंसिर । नेपाल प्रहरीमा जवान, कार्यालय सहयोगीसहितका पदमा १ हजार २ सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार प्रकाशित गरेको सूचना अनुसार प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जना माग गरिएको छ । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।
Advertisement

Advertisement
Advertisement

जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना:


