
काठमाडौं, २१ मंसिर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई सुधारका कार्य योजना पेस गर्न निर्देशन दिएका छन् ।
उनले निगमलाई हालकै अवस्थामा चलाउन नसकिने भन्दै १५ दिनभित्र सुधारका कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बढ्ने उनको भनाई छ ।
Advertisement

Advertisement
Advertisement

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिए ।

