
भैरहवा, २१ मंसिर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापित गरिएको छ ।
नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र बहादुर थापा, प्रथम उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा लक्की सिंह र तृतीय उपाध्यक्षमा अन्जन श्रेष्ठ, महासचिवमा सीता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदिप कुमार पोखरेल, सदस्यहरुमा टंक काफ्ले, विराट श्रेष्ठ, बरुण ज्ञवाली, हरि पौडेल, भुवन पाण्डे, गणेश भट्टराई, मित्रशरण शर्मा, प्रदिप कुमार उदय आगमी दुई वर्षको लागि पदस्थापित भएका छन् । निर्वाचन समितिका अधिकृतहरु युवराज कंडेल, भरत के.सी. र नरेश के.सी.ले अध्यक्षमा थापासहितको टीमलाई शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

पदस्थापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले पर्यटकीय गन्तव्यमा पुर्वाधारको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले सिंगो प्रदेशको आर्थिक समृद्धिको ढोकाको रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकीकरण गरेर जानुपर्नेमा जोड दिए ।
उनले प्रदेशमा पर्यटनका नीति, विधि र कानून संशोधन गरेर वा नयाँ बनाएर भए पनि लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । मन्त्री ढकालले भने, ‘पर्यटक बोलाउने काममा लाग्नुस्, सरकारले निजी क्षेत्रलाई पूर्ण सहयोग गर्छ ।’ उनले पर्यटन व्यवसायीको संस्था नाट्टालाई लुम्बिनी प्रदेशका विभिन्न गन्तव्य समेटेर प्याकेज बनाउनु सुझाव दिए ।
उनले भारतीय पर्यटकले २५ हजार रुपैयाँ भन्दा बढी ल्याउँदा रोक्ने काम नगर्न अनुरोध गरेको र चेकजाँचको नाममा पर्यटकलाई सास्ती दिने काम नगर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएको पनि बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपनलिकाको पूर्वउपप्रमुख गोमा देवी आचर्यले प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिइन् । त्यस्तै पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा परिषदले नाट्टाको सहकार्यमा काम गर्ने बताए ।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र भुसाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नाट्टा लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष रचना पन्त, पूर्वअध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), होटल महासंघ नेपालका केन्द्रीय महासचिव राजेश महोत्रा, होटल एशोसियनका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल लगायतले भनाइ राखेका थिए ।
पदस्थापन कार्यक्रम पहिलो सत्र रचना पन्त र दोस्रो सत्र चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव सीता बसेलले गरेकी थिइन् ।

