Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरका १५ जना नगर प्रहरी दीक्षित
    समाचार

    सिद्धार्थनगरका १५ जना नगर प्रहरी दीक्षित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २५, मंगलवार १७:३२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ मंसिर । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले छनोट गरेका प्रहरीहरु दीक्षित भएका छन् । स्थानीय सरकार संचालन ऐन अन्तर्गतका कानुन कार्यान्वयनका लागि नगरपालिकाको कार्यालयले भर्ना अह्वान गरी एक प्रहरी सहायक निरीक्षक र १४ जना जवान गरी छनौट गरेको १५ जना प्रहरीहरु दीक्षित भएका हुन् ।

    छनौट भएका प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे. क्वा., रुपन्देहीले काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, बडिगार्ड ड्रिल लगायतको एक महिना आधरभूत तालिम प्रदान गरेको छ । जसपश्चात मंगलबार उनीहरु दीक्षित भएका हुन् । त्यसअघि उनीहरुले कवाज प्रदर्शन गरेका थिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रहरी प्रशिक्षार्थीहरुले नगरपालिकाको नीति निर्देशनमा रहेर दक्षताका साथ तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नगर प्रहरीको प्रत्येक गतिविधिमा सबैको नजर हुने भएकोले सानो कामले पनि प्रहरी प्रतिको विश्वास बढ्ने बताईन् ।

    सिद्धार्थनगर नगरपालिकाको प्रमुख इश्तियाक अहमद खाँले सशस्त्र प्रहरीले प्रदान गरेको तालिमले नगर प्रहरीलाई परिपक्क बनाएको देखिएको बताउँदै अब स्थानीय सरकारको ऐन कानुन कार्यान्वयनमा सहज हुने बताए ।

    सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा. रुपन्देहीका प्रमुख एसप आनन्द थापाले स्थानीय निकायहरुसँग सहकार्य तथा समन्वय गरी आपसी सम्बन्धलाई अझ मजबुत र अन्तर निकायबिचको क्षमता, कला, सीप एवं व्यवसायीक दक्षता आदान प्रदान गर्नका लागि नगर प्रहरी आधारभूत तालिम संचालन गरिएको बताए ।

    ‘तालिममा सिकाईएका विषयहरुलाई प्रहरी प्रशिक्षार्थीहरुले अनुशासन, ईमान्दारीता र जिम्मेवारीपनलाई आत्मासाथ गरी आ–आफ्नो कार्य क्षेत्रमा गएर अक्षरस पालन गरी उत्कृष्ट ढंगले कार्य सम्पादन गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ’, उनले भने, ‘तालिमले उहाँहरुको पेशागत जिवनमा नयाँ आयाम थप्नेछ र पेशागत दक्षता अभिवृद्धी भई पूर्ण व्यवसायिक दक्षताका साथ भविष्यमा सही ढंगले कार्य निर्वाह गर्ने अपेक्षा छ ।’

    प्रशिक्षार्थी नगर प्रहरीहरुको मूल्याङ्कनका लागि सैद्धान्तिक तर्फ १०० अंक र व्यवहारिक तर्फ १०० अंक गरी कुल २०० पूर्णाङ्कका विभिन्न परीक्षाहरु संचालन गरिएको थियो । परिक्षामा सफल सबै नगर प्रहरीलाई नगर प्रमुख खाँ सहित उप–प्रमुख अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले दज्र्यानी चिन्ह र प्रमाण पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौर, सिद्धार्थनग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ नगर प्रहरी सशस्त्र प्रहरी सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.