
काठमाडौ, ३० मंसिर । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैंकमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा उनी दोषी ठहरिएका थिए ।
बैंकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई काठमाडौंको स्वयम्भू प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । ०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो ।
Advertisement

Advertisement
Advertisement

०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । तर, उनी फरार थिए ।
प्रहरीका अनुसार आइतबार सार्वजनिक बिदा रहेकोले उनलाई सोमबार अदालतमा पेस गरिने छ । छुट्टाछुट्टै मुद्दामा ६र६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।

