
सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा दुर्घटना भएको कारबाट एक क्विन्टल तीस किलो गाँजा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिदाँ दुर्घटना भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यसपछि प्रहरीले खोजतलासका कारमा गाँजा बरामद गरेको हो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र कारका चालक फरार भएको प्रहरीले जनाएको छ ।

