
दाङ, १ पुस । दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै लु१ज ४२९८ नम्बरको सवारी (विङ्गर) लमही नगरपालिका-९ च्याउखोला बक्सकटिङ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही स्थानको ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार थिए । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रवक्ताले थापाले जानकारी दिए ।

