


धरान, १ पुस । प्रहरीले एक क्विन्टल २३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश १-०२-००२ ह १६५५ नम्बरको टेम्पोमा गाँजा राखिएको अवस्थामा टेम्पो र चालक धरान-१७ का धनबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश जबेगुले बताए।
पक्राउ परेका भण्डारीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

पछिल्लो समय धनकुटामा उत्पादन हुने गाजा तस्करहरुले धरान हुँदै इटहरी, विराटनगरबाट भारततर्फ लैजाने गरेका छन्। धरान प्रहरीले १५ दिन अगाडि पनि दुइटा सरकारी नम्बर प्लेटको गाडीमा गोली हानेर ७ सय केजी गाजा बरामद गरेको थियो।

