
पोखरा, २ पुस । सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
अदालतका श्रेष्तेदार राजन खनालले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई थप ४ दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

लामिछानेसहित चारजनामाथि अनुसन्धान गर्न अदालतले यसअघि दिएको म्याद सकिएपछि उनीहरुलाई आज पुनः अदालत उपस्थित गराइएको थियो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने,छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको हो।

