Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » न्यु होराइजनले उचाल्यो स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि
    खेलकुद

    न्यु होराइजनले उचाल्यो स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २, मंगलवार १७:५१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ पुस । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि उचालेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको भने उपविजेतामा बनेको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको जितमा समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुँवर र आयुष विकले १–१ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १–१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।

    रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताका विजेता टिमलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु प्रशान्तविक्रम मल्ल र प्रेमकुमार सेन्चुरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, मुख्य प्रयोजकक विमल सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी लगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट देबदह बुद्ध मावि न्यु होराइजन मावि भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.