
काठमाडौं, ३ पुस । नेपाल प्रहरीले आर्थिक अपराधको कारण अन्य अपराधका घटनामा बढेको जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकका कार्य र प्रगति सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरुपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारण अन्य अपराधहरु बढेको तथ्याङ्कले देखाएको जनाएको हो।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले विद्यमान स्रोत साधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको बताए। उनले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये आर्थिक अपराधका मुद्दाहरु धेरै रहेको बताए।
यसबाहेक बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै छ । सोही अवधिमा १२ वटा रेड कर्नर नोटिस जारी भएको र प्रहरी कर्मचारीहरु विरुद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारबाहीको दायरामा ल्याउने काम समेत भइरहेको उनले बताए।
उनले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, भौतिक संरचनाहरूको संख्यात्मक विवरण लगायतका विषयमा जानकारी गराएका थिए।

