
महोत्तरी, ४ पुस । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ परेका छन् । प्रहरीका अनुसार बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्याको आरोपमा फरार रहेका सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको छ ।
असोज २२ गते महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने र सँगै जीवन बिताउने वाचा गरेर फर्किने क्रममा विवाद हुँदा रायको हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि यादवले रायको घाँटी डोरीले कसेर हत्या गरी फरार भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।
असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा वेवाारिसे अवस्थामा रायको शव फेला परेको थियो । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

