
बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रर्वद्धनबाट प्रदेशले समृद्धि हाँसिल गर्ने लक्ष्य राखेको बताएका छन्।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति बिषय नीति संवाद कार्यक्रमलाई सम्वोधन गर्दैै उनले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् ।
Advertisement

Advertisement
Advertisement

उनले प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए। लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटन क्षेत्रलाई जोड्नेगरी सरकारले अभियान थालेको उनले जनाए ।
बर्दिया राष्ट्रिय निकुञ्जको सीमाना तथा नदी तटीय क्षेत्रमा देखिएको डुबान, कटानको समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले संयुक्त पहल लिएको उनको भनाई छ ।
‘यहाँको समस्या यहाँको मात्रै होइन, सिंगो लुम्बिनीको समस्या हो । यसलाई प्राथमिकतामा राखेर हल गर्छौैं’उनले भने,‘निकुञ्जमा किसानहरुको आठ सय विगाह जग्गा रहेको तर, उहाँहरुले न क्षतिपुर्ती पाउनु भयो । न जग्गा पाउनु भएको छ । यो बिषयलाई प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउने गरी उठाउछ ।’
निकुञ्ज ऐन संशोधन गरेर मध्यवर्ती तथा निकुञ्ज भित्र रहेको समस्याहरु समाधान गर्न सकिने भएकाले ऐन संशोधनका लागि प्रदेश तहबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

