
काठमाडौं, ४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आठ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीबाट बरिष्ठ नेता राजेन्द्र महत्तो बाहिरिएपछि अध्यक्ष महन्थ ठाकुरले धमाधम केन्द्रीय समिति विस्तार गर्दै लगेका छन् ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछ प्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।
Advertisement

Advertisement
Advertisement

केन्द्रीय सदस्य थपिएसँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

