Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा हिरो मोटरसाईकलका दुई मोडल सार्वजनिक
    अर्थ

    भैरहवामा हिरो मोटरसाईकलका दुई मोडल सार्वजनिक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष ४, बिहीबार १८:५७ गते
    Screenshot
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ४ पुस। युनाईटेड बिजनेश कर्प प्रालीले भैरहवामा हिरो कम्पनीको दुई वटा ‘एक्स्ट्रिम १६० आर फोरभी’ र ‘एक्स्ट्रिम १२५ आर’ नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक गरेको छ । प्रालि हिरोको भैरहवा क्षेत्रको लागि आधिकारिक विक्रेता हो ।

    एक्स्ट्रिम १६० आर फोरभीको तीन लाख ८४ हजार ९ सय  तथा एक्स्ट्रिम १२५ आरको सीबीएस भेरियन्टको दुई लाख ८९ हजार ९ सय रुपैया र एबीएस भेरियन्टका लागि तीन लाख १९ हजार ९ सय रुपैया रहेको प्रालीका सञ्चालक दिपेन्द्र यादवले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल भएको उनले दावी गरे । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७-स्टेप एडजस्टेबल रियर सस्पेन्शनले  ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाई छ ।

    ‘यसमा उपलब्ध रहेको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्नेछ’, उनले भने,’एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ ।’

    आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने कम्पनीका अध्यक्ष नन्दलाल यादवले बताए ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलले मोटरसाईकल विक्री मात्र नभई बिक्री पछिको सुविधामा पनि ध्यान दिन आग्रह गरे । उनले बिक्रि पछिको सर्विसिङ,पार्ट्सको उपलब्धता एवम ग्राहकको सेवामा प्रतिवद्ध हुन सके मात्र सफल हुने धारणा राखे ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँ, हिरो मोटो कर्पका हर्ष लिम्बाचिया, लुम्बिनी प्रेस क्लबका कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो। 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भैरहवा हिरो मोटरसाईकल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.