
भैरहवा, ४ पुस। युनाईटेड बिजनेश कर्प प्रालीले भैरहवामा हिरो कम्पनीको दुई वटा ‘एक्स्ट्रिम १६० आर फोरभी’ र ‘एक्स्ट्रिम १२५ आर’ नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक गरेको छ । प्रालि हिरोको भैरहवा क्षेत्रको लागि आधिकारिक विक्रेता हो ।
एक्स्ट्रिम १६० आर फोरभीको तीन लाख ८४ हजार ९ सय तथा एक्स्ट्रिम १२५ आरको सीबीएस भेरियन्टको दुई लाख ८९ हजार ९ सय रुपैया र एबीएस भेरियन्टका लागि तीन लाख १९ हजार ९ सय रुपैया रहेको प्रालीका सञ्चालक दिपेन्द्र यादवले बताए ।
Advertisement

Advertisement
Advertisement

उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल भएको उनले दावी गरे । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७-स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाई छ ।
‘यसमा उपलब्ध रहेको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्नेछ’, उनले भने,’एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ ।’
आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने कम्पनीका अध्यक्ष नन्दलाल यादवले बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलले मोटरसाईकल विक्री मात्र नभई बिक्री पछिको सुविधामा पनि ध्यान दिन आग्रह गरे । उनले बिक्रि पछिको सर्विसिङ,पार्ट्सको उपलब्धता एवम ग्राहकको सेवामा प्रतिवद्ध हुन सके मात्र सफल हुने धारणा राखे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँ, हिरो मोटो कर्पका हर्ष लिम्बाचिया, लुम्बिनी प्रेस क्लबका कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो।

