
भैरहवा, ५ पुस । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बैकिङ कसुर मुद्दामा सजाए पाएको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला अदालत रुपन्देहीका न्यायधिशको इजलासले ०८१ जेठ २१ गते लुम्बिनी सांस्कृतिक नगरपालिका-१ की आरती चौधरीलाई बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै ७ दिन कैद र एक करोड ४० लाख रुपैयाँ जरिवाना सजाएको फैसला गरेका थिए । त्यसयता चौधरी फरार थिइन् ।
Advertisement

Advertisement
Advertisement

अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेको चौधरीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरेको थियो । जसअनुसार अदालतले कैद सजाए भुक्तानका लागि उनलाई जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए ।

