
भैरहवा, ५ पुस ।भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल परिसरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
भैरहवास्थित नेपाली सेनाको श्री कालि भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

फेला परेका प्रेसर कुकर जिर्ण अवस्थामा थियो । जसलाई पड्काएर डिस्पोज गरिएको हो । ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘अस्पताल प्रशासनसँग चन्दा माग गरेको लगायतको विषयमा हामीलाई उजुरी प्राप्त भएको छैन तर घटनाका सम्बन्धमा हामी अनुसन्धान गर्दैछौँ ।’
ब्यागमा शंकास्पद वस्तु राखिएको देखिएपछि अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई खबर गरेको थियो । बम पड्काएर डिस्पोज गर्दा अस्पतालमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

