
भैरहवा, ५ पुस । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्रीहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भैरहवाको बुद्धचोकमा चेकजाँचका क्रममा अवैध रुपमा भित्राइएको मोबाइलका डिस्प्ले, कपडा लगायतका साम्रगीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार १३ लाख २६ हजार बढी मूल्य बराबरको एक हजार दुई सय थान विभिन्न ब्राण्डका मोबाइल डिस्प्ले, ४१ थान सुट, ४२ थान बेल्ट, २३ थान स्विटर, किरानाका साम्रगीहरु बरामद भएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बरामद सामग्रीहरु नियन्त्रण लिएर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

