
वीरगंज, ७ पुस । सशस्त्र प्रहरीले किराना पसलमा ठुलो परिमाणमा भण्डारण गरी राखिएको लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–३ प्रगतिनगर स्थित सृष्टी किराना जनरल स्टोरमा खानतलासी गर्दा ठूलो परिमाणमा ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागुऔषध बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरीका अनुसार उक्त पसलबाट पाँच वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० थान ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको छ ।
सोही स्थानका पक्राउ गरिएका पसलका संचालक राजाराम महतो कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

