


काठमाडौं, ८पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेल समपक्ष नवनियुक्त राजदूत रुसी महासंघका जंगबहादुर चौहान, संयुक्त अधिराज्यका चन्द्रकान्त घिमिरे, स्पेनका शनिल नेपाल, गणतन्त्र कोरियाका डा.शिवमाया तुम्बाहाङफे र गणतन्त्र भारतका डा.शंकर प्रसाद शर्माले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ।
कमेन्ट गर्नुस्

