


काठमाडौं,१० पुस। कजाकिस्तानमा विमान दुर्घटना भएको छ । ६७ जना सवार उक्त विमान बुधवार अक्ताउ शहरमा दुर्घटना भएको हो ।
समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो । जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’

कजाख मिडियालाई उद्धृत गर्दै एपीएले लेखेको छ, ‘ दुर्घटनामा १४ जना बाँचेका छन् भने १४ जनालाई उपचारका लागि मङ्गिस्टाउ क्षेत्रीय अस्पतालमा लगिएको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।’ समाचार तयार हुँदासम्म विमान कम्पनीबाट पनि कुनै प्रतिक्रिया/जानकारी आएको छैन ।

