
काठमाडौं, ११ पुस । विभिन्न तराईका जिल्लामा कार्यरत सशस्त्र प्रहरी बल, नेपालका चार जना एसपीहरु हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमितताको आरोप र राजस्व गडबडी भएपछि प्रधान कार्यालय तानेर उनीहरु माथी छानबिन थालिएको छ ।
छानबिनका लागि तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन्। गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ। बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार ती एसपीहरुमाथी केही बुझ्नुपर्ने भएकोले प्रधान कार्यालय झिकाइएको हो ।
डीएसपी र इन्सपेक्टरहरु पनि झिकाइए
भन्सार छली तस्करी बढेको र राजस्व असुली कम भएका समाचार, उजुरी र गुनासोहरु हेडक्वाटर पुग्न थालेपछि जिल्लाका एसपीहरु मात्र होइन तराईका गुल्मका डीएसपी र बिओपीका इन्सपेक्टहरु पनि हेडक्वार्टर तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा पनि मुख्यालय तानिएका छन् ।
त्यस्तै कपिलवस्तुको चाकरचौडा प्रस्तावित गुल्मका इन्चार्ज डीएसपी जयराम बस्नेत, कृष्णनगर गुल्मका शैलेन्द्र न्यौपाने पनि तानिएका छन् ।
यस्तै सशस्त्र प्रहरीको नवराजपुर बीओपी सिरहाका रोशन थापा, सुनसरीको अमरडुवा बीओपीका प्रकाशबिक्रम कार्की, मोरङको नोचा बीओपीको जयबहादुर दथेपुथे, महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा, झापा तिरिङ बीओपीका खेमबहादुर कटुवाल पनि तानिएका छन् ।

