
भैरहवा, ११ पुस । राज्यको ढुकुटीमा रकम अभाव रहेको भन्दै निर्माण व्यवसायीहरुको पसिनाको कमाई दिन नसेकेको सरकारसँग निर्माण व्यवसायीहरुका नेताहरुले भुक्तानीका लागि फेरी पहल गर्ने भएका छन् ।
जसका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सबै सदस्यहरुलाई पुस ८ गते चलानी नम्बर ४५४ ले भुक्तानी बाँकीको विवरण उपलब्ध गराउनका लागि पत्राचार गर्दै अनुरोध गरेको छ ।
Advertisement

Advertisement
Advertisement

पत्रमा प्रदेश, संघिय र स्थानीय तह अन्र्तगत हाल निर्माणाधिन अवस्थामा रहेका तथा सम्पन्न भएका आयोजनाहरुबाट रकम पाउनु पर्ने लगायत विषयको विवरण भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीहरुसगँ उपलब्ध गराइएको ढाँचामा माग गरिएको छ ।
सोही पत्रका अनुसार लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियारले आर्थिक वर्ष ०८०/०८१ देखि अघि सरकारी कार्यालयबाट भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीहरुलाई विवरण उपलब्ध गराउनका लागि आग्रह गरेका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अध्यक्ष मन्जु भुसालले सरकारी निकाय अन्र्तगतका काम गरेर पनि निर्माण व्यवसायीहरुले हालसम्म भुक्तानी नपाउनु दुःखद विषय भएको भन्दै तीनै तहका सरकारलाई यथाशिघ्र भुक्तानीका लागि आग्रह गरिन् ।
‘सरकारले निर्माण व्यवसायीहरुबाट काम गराएर पनि भुक्तानी नदिनु दुःखद विषय हो । भुक्तानी नहुदाँ निर्माण व्यवसायीहरु थला परेको अवस्था छ’, उनले भनिन्,‘महासंघले माग गरेको विवरण अनुसार व्यवसायीहरुलाई विवरण बुझाउन आग्रह गरिएको र सरकारबाट भुक्तानी हुनेमा विश्वस्त छौँ ।’
हेर्नुहोस् विवरण उपलब्ध गराउने ढाँचासहितको पत्र


