
भैरहवा, ११ पुस। रुपन्देहीको भैरहवामा विद्यार्थीहरुमा लागुऔषध दुव्र्यसन लगायत विषयमा सचेतना फैलाइएको छ । जसका लागि सिद्धार्थनगर नगरपालिकाले बिहीवारदेखि सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया मा.वि.बाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्न सक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरिएको बताए।
Advertisement

Advertisement
Advertisement

उनले विद्यार्थीहरुको अनुशासन महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविष्यमा सवल, सक्षम एवं सफल व्यक्ति बन्न लागुऔषध सेवनबाट टाढा रहनु पर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाको उप प्रमुख उमा अधिकारीले यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनुपर्नेमा जोड दिईन । उनले कतिपय अवस्थामा साथीसगं, सामाजिक सजांलको प्रयोगबाट समेत लागुऔषध दुव्र्यसनमा पर्न सक्ने भन्दै यस्ता कुराहरुमा सचेत रहँदै आफ्नो अध्यनमा केन्द्रित रहन विद्यार्थीहरुलाई आग्रह गरिन्।
कार्यक्रम आगामी पुस १७ गतेसम्म सचांलन हुने र बेलहिया मा.वि.सहित, भानु मावि, भैरहवा नमुना उच्च मावि, लिलाराम न्यौपाने मावि र महात्मा बुद्ध माविमा सचांलन हुने नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख लक्ष्मण गिरीले जानकारी दिए ।
महिला तथा बालबालिका बिकास शाखा प्रमुख कौशल्या चौधरीको सचांलन, शिक्षा अधिकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले प्रशिक्षण दिएका थिए ।

