


भैरहवा, १७ पुस। ग्रेगोरियन पात्रोअनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्षको दिनको सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा सुनको मूल्य बढेको हो।
मंगलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य बुधवार प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधवार नेपालको स्थानीय बजारमा चाँदीको मूल्य स्थिर छ। बुधवार चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा खरिदविक्री भइरहेको छ।

