
भैरहवा, १८ पुस । नेपालको बौद्ध सर्किट रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुले ‘शान्ति र समृद्धिका लागि सञ्चार अभियान नेपाल’ नामक संस्था गठन गरेका छन् । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा सम्पन्न प्रथम भेलाले नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईको संयोजकत्वमा संस्था गठन गरेको हो ।
अभियानको सह–संयोजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष मनोज पौडेल चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका पौडेल लुम्बिनी क्षेत्रबाट बौद्ध धर्मदर्शन र बुद्धभूमिको प्रचारप्रसारमा दशकौदेखि कलम चलाउँदै आएका छन् ।
Advertisement

Advertisement
Advertisement

अभियानको सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, पूर्वअध्यक्ष हरि शर्मा, पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी., लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सञ्चारिका समूह रुपन्देहीका महासचिव छायाँ पन्त, रासस प्रतिनिधि राम विकास चौधरी, पत्रकार महासंघ रुपन्देहीका पूर्व सचिव विनोद परियार, पत्रकार लक्ष्मण पोखरेल, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाई, पत्रकारहरु सुमित्रा चापागाईं, दिलिप कुमार यादव, मोहन पौडेल, पुनहरि बेलबासे, अनिल कुमार माली, प्रल्हाद यादव, टक सुनार, अनिल कुमार तिवारीलगायत चयन भएका छन् ।
अभियानले बौद्ध दर्शनको प्रचारप्रसार, खोज तथा अनुसन्धानात्मक रिपोर्टिङ गर्नुका साथै शान्ति र समृद्धिको लागि सञ्चार क्षेत्रबाट पहलकदमी लिने संयोजक डा.चापागाईले बताए ।
अंग्रेजी नयाँ वर्ष–२०२५ को पहिलो दिनको अवसरमा विश्वभरी शान्तिका अग्रनायकका रुपमा सुप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र पुस्करणी पोखरीको छेउमा सम्पन्न गरिएको उक्त भेलाले गरेको निर्णयले सार्थकता पाउने विश्वास लिइएको बताइएको छ ।

