Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मारवाडी युवा दिवसमा २० सहरमा रक्तदानः ७०८ पिन्ट संकलन
    प्रमुख समाचार

    मारवाडी युवा दिवसमा २० सहरमा रक्तदानः ७०८ पिन्ट संकलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष १९, शुक्रबार २३:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ पुस। मारवाडी युवा दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन केन्द्रीय समिति र यसअन्तर्गत रहेका मारवाडी युवा मंचहरुले मुलुकका २० सहरमा रक्तदान गरेका छन् । रगत अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यकासाथ मुलुकका मुख्य सहरहरुमा एकैपटक शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको मारवाडी युवा संगठन केन्द्रीय समितिले जनाएको छ ।

    संगठनका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले आफूहरुले विगतदेखि नै मारवाडी युवा दिवसका अवसरमा रक्तदान गर्दै आएको बताए । ‘यसपटक अलि बृहत् रुपमा रक्तदान गरेका छौं’, उनले भने, ‘सबै ठाउँमा उल्लासमय तरिकाले रक्तदान भएको छ । यसले पक्कै पनि रगतको अभाव भएकाहरुको ज्यान जोखिममा पर्नबाट बच्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार संगठनको सहकार्यमा मारवाडी युवा मंच भैरहवाले आयोजना गरेको रक्तदानमा ७० पिन्ट रगत संकलन भएको छ । यस्तै, इनरवामा ६१, धनगढी ५८, काठमाडौंमा ५१, विराटनगर ४४, उर्लाबारीमा ४०, कलैयामा ४०, विर्तामोडमा ३९, धुलाबारीमा ३५, दुहबीमा ३५ र राजविराजमा गरिएको रक्तदानबाट पनि ३५ पिन्ट रगत संकलन भएको छ ।

    यस्तै, नेपालगंजमा ३५, लहानमा २९, दकममा २६, जनकपुरमा २४, हनुमान नगरमा २३, नारायणगढमा २२, हेटौँडामा २०, वीरगंजमा ११ र भद्रपुरमा १० पिन्ट रगत संकलन भएको छ । यी सबै सहरमा गरी ७ सय ८ पिन्ट रगत संकलन भएको संगठनले जनाएको छ ।

    ‘हाम्रो लक्ष्य अधिक मात्रामा रक्त संकलन गर्ने थियो, उद्देश्यअनुसार रक्त संकलन गरेका छौं’, अग्रवालले भने, ‘समाजमा रचनात्मक काम गर्दै आएको संगठनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ ।’ उनका अनुसार संगठन केन्द्रीय समिति, युवा मंचहरुमा आबद्धले मात्रै नभई स्वःस्वफूर्त रुपमा उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, सम्बन्धित ठाउँका स्थानीयहरु रक्तदान गर्न आएका थिए ।

    ‘सबैको साथ र सहयोगले ठूलो मात्रामा रगत संकलन गरेका हौं’, उनले भने । उनले रक्तदान आयोजना गरिएका ठाउँमा सम्बन्धित जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले समन्वय गरेर सहयोग गरेको बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल राष्ट्रिय मारवाडी युवा संगठन नेपाल रेडक्रस सोसाइटी भैरहवा मारवाडी युवा दिवस मारवाडी युवा मंच रक्तदान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.