Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवल हस्पिटल प्रालिको सिटिजन्स बैंकसँग सहकार्य
    अर्थ

    बुटवल हस्पिटल प्रालिको सिटिजन्स बैंकसँग सहकार्य

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २२, सोमबार १०:५३ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, २२ पुस । रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रालिले संघ–संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग एक समारोहकाबीच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन्स बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।

    बैंकले पनि अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ। उपचार सम्झौतासँगै दुई संस्थाबीच व्यवसायिक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिककै भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सो अवसरमा सिटिजन्स बैंक लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद घिमिरेले बैंक र हस्पिटलबीच भएको सहकार्यले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको बाटो खुला भएको बताए । उजले बुटवल हस्पिटल यस क्षेत्रमै नमूना अस्पताल भएकोले सहकार्यका लागि बुटवल हस्पिटललाई नै रोजेको बताए ।

    दुई संस्थाबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रालिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, बजार प्रमुख सुमन तिमिल्सिना बैंकका बुटवल शाखा प्रमुख विष्णु प्रसाद पोख्रेल, अनिता श्रेष्ठ लगायतको सहभागीता थियो ।

    २४ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा सञ्चालनमा रहेको छ । जहाँ आईसीयू, एनआईसीयू, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् । अस्पतालमा एकपटकमा चारवटा शल्यक्रिया (अपरेशन) गर्न मिल्ने संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्ससहित २ सय ५० जना कर्मचारीहरु कार्यरत छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बुटवल बुटवल हस्पिटल प्रालि सिटिजन्स बैंक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.