
बुटवल,२२ पुस।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुँदै गएको बताएका छन्।
उनले बुटवलमा निजी क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताए। बुटवल हस्पिटल प्रालिको अवलोकन गर्दै उनले निजी क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताए।
Advertisement

Advertisement
Advertisement

बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले निजी क्षेत्रलाई सँगै लिएर अघि बढे मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताए। सरकारले आफ्नै डम्फु बजाउने, निजी क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गरे। उनले दलहरुकै कारण अहिलेको अवस्था आएको भन्दै सरकारले गर्न नसकेका कामहरु निजी क्षेत्रबाट भैरहेको भन्दै प्रशंसा गरे।
पूर्वमन्त्री गौतमलाई स्वागत गर्दै बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलबाट धेरै बिरामीहरुको उपचारका लागि भारतीय सहरहरमा जानु पर्ने र लुटिएको अवस्था आएकोले त्यसलाई रोक्न अस्पताल निमार्ण गरिएको बताए। उनले भौतिक संरचना सँगै अस्पतालमा उपकरण र दक्ष जनशक्ति पुर्णरहेको दावी गरे।
उक्त अवसरमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल, बालकुमारी भण्डारी, कुमार केसी, रवि विक, सुमित्रा आचार्य, बुटवल हस्पिटल प्रालिका सचिव मोहन पाण्डे, बिक्रम खड्का लगायतको सहभागिता थियो ।

