
भैरहवा, २३ पुस । रुपन्देहीको बुटवलमा फोहोरको थुप्रोमा मृत अवस्थामा शिशु भेटिएको छ । मंगलबार बिहान बुटवल उपमहानगरपालिका-११ स्थित मजुवाको फोहोर डम्पिङ साइटमा मृत अवस्थामा शिशु फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
‘आज बिहान साढे ९ बजेतिर सालनाल काटिएको अवस्थामा एउटा शिशुको शव फेला परेको हो’, डीएसपी पण्डितले क्लिक लुम्बिनीसँग भने, ‘शवलाई नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश अस्पतालमा राखिएको छ ।’
Advertisement

Advertisement
Advertisement

फोहोरको थुप्रोमा कसले र किन उक्त शिशु राखेको/फालेको लगायत विषयमा अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

