


भैरहवा, २३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोबाइल पसलमा चोरी भएको छ । चोरले मोबाइल लगायत सामग्री चोरी गर्नका लागि बोरा नै लिएर पुगेको सीसीटीभी फुटेजमा देखिएको छ ।
नगरपालिकाको कोटिहवास्थित रोहित मोबाइल एण्ड टीभी सर्विसमा सोमबार राती चोरी भएको प्रहरीले जनाएको छ । पसल संचालक संजय कुमार चाइका अनुसार मर्मत र बिक्रीका लागि राखिएका ७ लाख बढी मूल्य बराबरको मोबाइल लगायतका सामग्री चोरी भएको छ ।

‘चोरहरुले निस्फिक्री समान चोरी रहेका छन्। यस अघि पनि मोबाइल पसलहरुमा चोरी भएको छ। नसमातिदा उनीहरु मनोबल झन बढेको छ’,मोबाइल व्यवसायी समितिका उपाध्यक्ष हरि पाण्डेले भने ‘यस्तै अवस्था रहे मोबाइल व्यवसायीहरु विस्थापित हुने अवस्था छ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकोले बताए ।

